कञ्चनजंगा क्याम्पसको उत्कृष्ट नतिजा : ९३.७५% उत्तीर्ण, एकाउन्ट विषयमा नेपाल टप

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर–०५, गुलरियास्थित कञ्चनजंगा क्याम्पसले बि.बि.एस दोस्रो वर्षको नतिजामा उल्लेखनीय सफलता हासिल गरेको छ। क्याम्पसले देशभरिमै उत्कृष्ट नतिजा दिंदै शैक्षिक क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाएको हो।

CP Hospital Dhangadhi

प्राप्त विवरणअनुसार बि.बि.एस दोस्रो वर्षमा सहभागी कुल ३२ जना विद्यार्थीमध्ये ३० जना उत्तीर्ण भएका छन्, जसअनुसार क्याम्पसको समग्र उत्तीर्ण प्रतिशत ९३.७५% पुगेको क्याम्पस प्रमुख सुदिप ओझाले बताएका छ्न।

विशेषगरी लागत तथा व्यवस्थापन लेखाविधि (Account) विषयमा क्याम्पसले ऐतिहासिक सफलता हासिल गरेको छ। कञ्चनजंगामा अध्ययनरत विद्यार्थी दिया सिंहले ७२% सहित ९९ अंक प्राप्त गर्दै उक्त विषयमा नेपाल टप गर्न सफल भएकी छन्।

nawajiwan
Attariya Hospital

यसैगरी, विद्यार्थी अमृत बमले पनि ६८% अंक ल्याउँदै उत्कृष्ट नतिजा हासिल गरेका छन्। क्याम्पसमा प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या १० रहेको जनाइएको छ।

क्याम्पस प्रशासनका अनुसार यस नतिजाले विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनत र समर्पणलाई प्रतिबिम्बित गरेको छ। साथै, आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।