आफैँले काटेको रुखले लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

Image
Nisarga Hospital

नलगाउँ, बेलकोटगढी नगरपालिका–९ मा रुख काट्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

CP Hospital Dhangadhi

आफैंले काटेको रुखले लागेर ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार सोही घटनामा ३७ वर्षीय अरुण तामाङ र ३३ वर्षीय माधव भुजेल घाइते भएका छन्।

Attariya Hospital

घाइते दुवैको त्रिशूली अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

nawajiwan
Advertize US