पूर्वराजा ज्ञानेन्द्रको युवाप्रति नरम संकेत, बालेन नेतृत्व र नयाँ पुस्ताप्रति आशावादी सन्देश

Image
Nisarga Hospital

पूर्वराजा ज्ञानेन्द्र शाहले युवा पुस्ताको राज्य सञ्चालनमा बढ्दो संलग्नतालाई सकारात्मक संकेतका रूपमा लिएका छन्। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत उनले बालेन शाह नेतृत्वको सरकार र नवपुस्ताको उदयप्रति आशावादी धारणा व्यक्त गरेका छन्।

CP Hospital Dhangadhi

उनले पढेलेखेका प्रविधि जान्ने र देश बुझेका युवाको सहभागिताले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे। पूर्वराजाले विगतका राजनीतिक अभ्यासलाई प्रयोगशाला बनेको भन्दै दलीय खिचातानीप्रति आलोचना गर्दै आएका थिए। तर वर्तमान सन्दर्भमा उनले युवाको नेतृत्वलाई राष्ट्रिय समृद्धिको आधार भन्दै सरकारलाई सुझावसमेत दिएका छन्।

Attariya Hospital

आर्थिक सुधार कूटनीतिक सम्बन्ध सुदृढीकरण आन्तरिक सुरक्षा र आत्मनिर्भरतामा जोड दिँदै उनले प्रतिशोधको राजनीति त्याग्न आग्रह गरे। उनले न्याय शान्ति र समृद्धिको आकांक्षा व्यक्त गर्दै राष्ट्रिय मौलिक पहिचान जोगाउन सबैलाई अपिल गरेका छन्। उनको सन्देशले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

nawajiwan

विश्लेषकहरूले यसलाई परिवर्तनशील राजनीतिक वातावरणमा युवा नेतृत्वको सम्भावना र परम्परागत शक्ति संरचनामा देखिएको नरम दृष्टिकोणको संकेतका रूपमा व्याख्या गरेका छन्। यसलाई राजनीतिक परिवर्तन संकेतका रूपमा पनि हेरिएको छ र चर्चा बढेको छ ।