शुक्रबार व्रतको महत्त्व: लक्ष्मी कृपा र सुख–समृद्धिका लागि विशेष पूजा

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूले आज शुक्रबारका अवसरमा शुक्र ग्रहसँगै सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पूजा–आराधना गरिरहेका छन्। धर्मशास्त्रअनुसार लक्ष्मी माताको व्रत बसी विधिपूर्वक पूजा गर्नाले आर्थिक अवस्था सुदृढ हुने धार्मिक विश्वास छ।

CP Hospital Dhangadhi

यस दिन व्रत बस्नेहरूले चना र सख्खरजस्ता फलाहार ग्रहण गर्नु उपयुक्त मानिन्छ भने अमिलो पदार्थ सेवन गर्नु वर्जित गरिएको छ। सेतो वस्त्र धारण गरी श्रद्धापूर्वक पूजा गर्नुका साथै घरमा खीर बनाएर गरिबलाई दान गर्नाले समृद्धि बढ्ने विश्वास गरिन्छ।

Attariya Hospital

सन्तोषी माताको व्रत बस्दा मनोकांक्षा पूरा हुने तथा घरमा सुख–शान्ति कायम रहने जनविश्वास छ। साथै शुक्र ग्रहको प्रतिकूल प्रभाव कम गर्न सेतो वस्तु, चिनी, चन्दन, कपुर, वस्त्र तथा अन्य सामग्री दान गर्नु लाभदायक मानिन्छ। ज्योतिषशास्त्रअनुसार शुक्रसँग सम्बन्धित समस्या भए शुक्रबार व्रत बस्नु विशेष फलदायी हुने विश्वास रहेको छ।

nawajiwan
Advertize US