
हिन्दू धर्ममा शनिबार शनिदेवको विशेष पूजा–आराधना गर्ने दिन मानिन्छ। धार्मिक विश्वासअनुसार शनिदेवले मानिसका कर्मअनुसार फल प्रदान गर्छन्, त्यसैले अनुशासन, परिश्रम र धर्मपालन गर्ने व्यक्तिलाई विशेष कृपा प्राप्त हुन्छ।

पुराणअनुसार शनिदेव सूर्यदेवका पुत्र हुन् भने यमराज उनका भाइ र यमुना उनकी बहिनी हुन्। शनिदेवलाई प्रसन्न पार्न शनिबार व्रत बस्नु, तेल दान गर्नु तथा कालो तिल अर्पण गर्नु शुभ मानिन्छ।

यस दिन पीपलको पूजा गरी पानी चढाउनु, शमीको रुख पूजा गर्नु र छालाका जुत्ता–चप्पल दान गर्नु पनि फलदायी मानिन्छ। साथै हनुमानको पूजा गर्दै सर्सुको तेलको दीप बालेर हनुमान चालीसाको पाठ गर्दा शनिदोष कम हुने विश्वास छ।





























