आइतबार सूर्य पूजा: सम्मान र सफलता प्राप्तिको धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार हरेक बार विशेष देवताको पूजा गरिन्छ, जसमा आइतबार सूर्य देवको आराधनाको दिन मानिन्छ। यस दिन सूर्यदेवको पूजा गर्नाले जीवनमा सम्मान, प्रतिष्ठा र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास छ। साथै ज्योतिषशास्त्रअनुसार कुण्डलीमा रहेको सूर्यदोष कम हुने मान्यता पनि छ।

CP Hospital Dhangadhi

आइतबार बिहान सबेरै उठेर स्नान गरी मन्दिरमा गई दर्शन गर्नुपर्छ। त्यसपछि सूर्यदेवलाई जल अर्पण गर्नु विशेष फलदायी मानिन्छ। पूजाका क्रममा रातो फूल, रातो चन्दन, गुडहल र चामल चढाउने परम्परा छ भने गुड वा मिठाई पनि अर्पण गरिन्छ।

Attariya Hospital

साथै “ॐ खखोल्काय शान्ताय” जस्ता मन्त्र जप गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ। नियमित श्रद्धापूर्वक पूजा गर्दा जीवनमा उन्नति र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ।

nawajiwan