
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले अधिवेशनको तयारीसँगै संगठनात्मक गतिविधि विस्तार गर्ने विषयमा समेत छलफल गरेको बताइएको छ। सो निर्णयलाई भोलि (सोमबार) बस्ने केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिनेछ। केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा औपचारिक रूपमा पारित गर्ने कार्यसूची तय भएको छ।

पार्टीले संगठन सुदृढीकरण र जिल्ला तहसम्म सक्रियता बढाउने उद्देश्यसहित अधिवेशनलाई महत्वपूर्ण चरणका रूपमा अघि बढाउन लागेको जनाएको छ। आगामी अधिवेशनले पार्टी संरचना थप मजबुत हुने अपेक्षा गरिएको छ।






























