
सोमबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।

त्यस्तै, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा तातो बढ्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशका हिमाली भू-भागमा सामान्य बदली, पहाडमा आंशिक बदली र तराईमा मुख्यतया सफा मौसम रहनेछ। केही हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात जारी रहने अनुमान गरिएको छ।





























