
पूर्वमन्त्री दीपक खड्काले राज्यका सबै अनुसन्धानमा आफू सधैं सहयोग गर्दै आएको बताएका छन्। उनले राजनीतिमा प्रवेश गर्नुअघि नै व्यवसायमार्फत स्थापित भई राज्यलाई ठूलो कर योगदान गरेको दाबी गरेका छन्।

खड्काका अनुसार राजनीति आफ्नो लागि पेशा नभई देश र जनताको सेवा गर्ने माध्यम मात्र हो। उनले राजनीतिमा आएपछि पाएकोभन्दा धेरै गुमाएको उल्लेख गर्दै व्यक्तिगत लाभभन्दा राष्ट्रहितलाई प्राथमिकतामा राखेको बताए।

साथै उनले देश र जनताको हितप्रति पूर्ण प्रतिबद्ध रहँदै असत्य, अन्याय र दमनविरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो राजनीतिक यात्रा जनसेवा र पारदर्शितामा आधारित रहेको उनको भनाइ छ।






























