सुदन किरातीको ठूलो निर्णय: प्रलोपा परित्याग, राजनीति भने जारी!

Image
Oplus_16908288
Nisarga Hospital

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्। उनले बुधबार फेसबुकमार्फत करिब ५ महिना लामो आफ्नो पार्टी यात्रा टुंगिएको घोषणा गरेका हुन्।

CP Hospital Dhangadhi

किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकर्मी र कर्मचारीप्रति आभार व्यक्त गर्दै उक्त अनुभवलाई ‘अमूल्य सम्पत्ति’ का रूपमा लिएको बताएका छन्। उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आपसी सम्मान र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्।

Attariya Hospital

पार्टी छाडे पनि राजनीति नछाड्ने स्पष्ट पार्दै उनले जनताको भरोसा र सहिदहरूको अधुरा सपना पूरा गर्ने लक्ष्यसहित समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। कठिनाइ भए पनि जनताको मार्गदर्शनमा अघि बढ्ने उनले उल्लेख गरेका छन्।

nawajiwan