
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यस प्रभावका कारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहित हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। उता मधेस प्रदेश लगायत देशका अधिकांश तराई तथा उपत्यकामा तातो दिन रहने र लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा तातो लहरको जोखिम देखिएको छ।

आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।






























