रोल्पा जिप दुर्घटना: एउटै परिवारका ७ सहित २० को मृत्यु

Image
Nisarga Hospital

रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको छ, जसमा एउटै परिवारका ७ जना सदस्य रहेका पुष्टि भएको छ। रुकुमपूर्व सिस्ने गाउँपालिका–५ टाकुराका दुई दाजुभाइका परिवारका सदस्यहरू घटनास्थलमै मृत फेला परेका हुन्।

CP Hospital Dhangadhi

वडाध्यक्ष बीरेन्द्र बस्नेतका अनुसार दाजुको परिवारका छोरा, बुहारी, श्रीमती र नाति गरी ४ जना तथा भाइको परिवारका श्रीमती, छोरी र छोरा गरी ३ जनाको मृत्यु भएको हो। अन्य मृतकमध्ये ९ जना दाङका, ९ जना सिस्ने–५ टाकुराका र १ जना भूमे गाउँपालिका–५ का रहेका छन्।

Attariya Hospital

लु १ ज ४१६७ नम्बरको बोलेरो जिप रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गर्दा करिब ८ सय मिटर तल खसेको थियो। वर्षा र अँध्यारोका कारण बिहीबार राति उद्धार रोकिए पनि शुक्रबार बिहानदेखि सुरक्षाकर्मीको सहयोगमा शव संकलन गरी थवाङतर्फ ल्याइँदैछ।

nawajiwan

दुर्घटनामा १२ महिला, ४ पुरुष र ४ बालकको मृत्यु भएको छ भने ३२ वर्षीय समिर कामी घाइते भई उपचारमा छन्।