
अत्तरिया : कञ्चनपुरमा टिप्परको ठक्करबाट एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। शुक्रबार दोधाराचाँदनी नगरपालिका–१ मा सुपप्र ०२–००१ ख ०५९८ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको घटनास्थलमै ज्यान गएको हो।

उक्त दुर्घटनामा २२ वर्षीय नरेश लुहार गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि भारतको खटिमातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयवासीले सडक सुरक्षामा ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन्।
































