बैतडीमा ट्याक्टर दुर्घटना: ७ घाइते, एकको अवस्था गम्भीर

Image
Nisarga Hospital

बैतडीमा कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। मेलौली नगरपालिका–८ कोटीगाउँमा मर्छलेबाट बगौरातर्फ जाँदै गरेको लु ५ त १५३९ नम्बरको ट्याक्टर बिहीबार राति साढे १० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

CP Hospital Dhangadhi

ट्याक्टरको ट्रलीमा सवार यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमा पदम ठगुन्ना, धनबहादुर बिष्ट, बलराम ठगुन्ना, सुवास ठगुन्ना, आकाश दमाइ, पशुपति दमाइ र अनिल ठगुन्ना रहेका छन्।

Attariya Hospital

प्रहरीका अनुसार एक जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

nawajiwan

दुर्घटनापछि ट्याक्टर चालक सुरेश ठगुन्नालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।