
हिन्दु धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित हुन्छन्, जसमा बुधबार ‘बुध’ ग्रहलाई समर्पित मानिन्छ। यस दिन विशेषगरी भगवान कृष्ण (विठ्ठल अवतार) को पूजा गर्ने परम्परा छ। तुलसीको पात प्रयोग गरी गरिने पूजा विशेष फलदायी मानिन्छ भने नयाँ कामको सुरुवातका लागि पनि बुधबार शुभ दिन मानिन्छ।


धार्मिक विश्वासअनुसार यस दिन व्रत बस्ने भक्तजनले मनोकामना पूरा हुने फल प्राप्त गर्छन्। गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा मिल्ने, मुंगको दाल दान गर्दा कष्ट निवारण हुने र भगवान गणेश लाई सिन्दूर चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। साथै, बुध ग्रहको दोष भएकाले गणेशलाई लड्डु चढाउँदा शुभ फल प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको छ।
































