पश्चिमी प्रणालीको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका केही क्षेत्रमा आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको जनाइएको छ। तराईका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

Attariya Hospital

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना कायम रहने मौसमविद्ले बताएका छन्। मौसम प्रतिकूल हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

nawajiwan