आइतबार सूर्यदेवको पूजा गर्दा मानिन्छ विशेष फलदायी

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार साताको प्रत्येक दिन कुनै न कुनै देवी–देवताको आराधनासँग जोडिएको हुन्छ। आइतबार विशेष रूपमा सूर्यदेवको पूजा गर्ने दिन मानिन्छ।

CP Hospital Dhangadhi

धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक सूर्यदेवको पूजा गर्दा समाजमा आदर, सम्मान र सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहेको छ। साथै सूर्य मन्त्र जप गर्दा कुण्डलीमा रहेको सूर्यदोष हट्ने मान्यता पनि छ।

Attariya Hospital

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार बिहान सबेरै उठेर स्नान गरी मन्दिरमा दर्शन गर्नुपर्छ। त्यसपछि सूर्यदेवलाई जल अर्पण गर्दा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ।

nawajiwan

पूजाका क्रममा रातो फूल, रातो चन्दन, गुडहलको फूल, चामल तथा गुड वा गुडबाट बनेका मिठाई चढाउने परम्परा छ। पूजा सम्पन्न भएपछि सूर्यसँग सम्बन्धित मन्त्र जप गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।