गगन थापासँग धनगढीमा कांग्रेस सांसद–मन्त्रीको छलफल, सरकार र बजेटमा चासो

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति गगन थापाले सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीहरूसँग धनगढीमा विस्तृत छलफल गरेका छन्। प्रदेशस्तरीय भेलाको क्रममा थापाले प्रदेश सरकारको कार्यसम्पादन, आगामी बजेट र पार्टीभित्रका आन्तरिक विषयमा केन्द्रित रहेर संवाद गरेका हुन्।

CP Hospital Dhangadhi

छलफलमा अधिकांश सांसदले मन्त्री परिवर्तनको माग गर्दै आफूहरूलाई पनि अवसर दिनुपर्ने धारणा राखे। थारु समुदायबाट मन्त्री प्रतिनिधित्व बढाउनुपर्ने र बजेट वितरणमा क्षेत्रगत पक्षपात रोक्नुपर्ने उनीहरूको सुझाव थियो। केही सांसदले मुख्यमन्त्री कमल बहादुर शाहको कार्यशैलीप्रति असन्तुष्टि समेत व्यक्त गरेका थिए।

Attariya Hospital

मुख्यमन्त्री शाह र अन्य मन्त्रीहरूले सीमित स्रोतका बाबजुद पारदर्शी र बिचौलियामुक्त बजेट निर्माणको तयारी भइरहेको बताएका छन्। उनले पार्टीभित्रको गुटबन्दीबारे पनि आफ्नो धारणा राखेका थिए।

nawajiwan

सभापति थापाले तत्काल सरकार परिवर्तनको पक्षमा आफू नरहेको संकेत गर्दै बजेट निर्माणमा ध्यान केन्द्रित गर्न निर्देशन दिए। साथै, आगामी निर्णय नेकपा एमालेसँगको छलफलपछि मात्र हुने स्पष्ट पारे।