आजको मौसम, देशभर मौसम बद्लिँदै : वर्षा, चट्याङ र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

CP Hospital Dhangadhi

यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ । बागमती, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

Attariya Hospital

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

nawajiwan

आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ । केही स्थानमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।