एसईई ‘एनजी’ विद्यार्थीका लागि ठूलो राहत : असार १ देखि पूरक परीक्षा हुने

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘एनजी’ (नन–ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

CP Hospital Dhangadhi

यस वर्षको नियमित परीक्षामा न्यूनतम अंक नल्याएका विद्यार्थीको शैक्षिक सत्र खेर नजाओस् भन्ने उद्देश्यले परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । नयाँ नीतिअनुसार यसपटक विद्यार्थीले ‘एनजी’ आएका सबै विषयमा पूरक परीक्षा दिन पाउनेछन्, जबकि यसअघि बढीमा दुई विषयमा मात्र अवसर दिइन्थ्यो ।

Attariya Hospital

यो लचिलो व्यवस्थाले ठूलो संख्यामा विद्यार्थीलाई पुनः तयारी गर्ने अवसर मिल्ने र माथिल्लो कक्षामा भर्ना सहज हुने अपेक्षा गरिएको छ । बोर्डले परीक्षा तालिका र केन्द्रबारे छिट्टै थप विवरण सार्वजनिक गर्ने जनाएको छ ।

nawajiwan

नतिजामा ‘एनजी’ आएर चिन्तित बनेका विद्यार्थी र अभिभावकका लागि यो निर्णयलाई ठूलो राहतका रूपमा लिइएको छ ।