
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्रीहरि विष्णुको आराधना गर्ने विशेष दिनका रूपमा मनाइन्छ।

धार्मिक मान्यताअनुसार आज व्रत बस्नाले धन, पुत्र, विद्या तथा पारिवारिक सुख प्राप्त हुने विश्वास रहिआएको छ। यस दिन भगवान विष्णुसँगै माता लक्ष्मीको पूजा गर्नाले घरमा सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास छ।

व्रत प्रायः शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ भने अनुराधा नक्षत्र परेको दिनलाई अझ शुभ मानिन्छ। बिहान स्नान गरी पहेँलो वस्त्र धारण गर्ने, पहेँलो फूल र चन्दन मिश्रित प्रसाद अर्पण गरी भगवान विष्णुको पूजा गर्ने परम्परा रहेको छ।

साथै, ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्ने धार्मिक विश्वास छ। यो व्रत ७ देखि १३ महिनासम्म श्रद्धापूर्वक गर्ने चलन रहेको छ।































