कञ्चनपुरको बेलौरी–लालझाडी सहकार्यमा दमकल सेवा विस्तार

Image
Nisarga Hospital

कञ्चनपुरको बेलौरी नगरपालिकाले लालझाडी गाउँपालिकासँगको सहकार्यमा दमकल सेवा भित्र्याएको छ। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन दुवै पालिकाबीच साझेदारीमा दमकल खरिद गरिएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दमकलको कुल लागत ६७ लाख ७ सय रुपैयाँ रहेको छ। जसमा लालझाडी गाउँपालिकाले २३ लाख ४५ हजार २४५ रुपैयाँ योगदान गरेको छ भने बाँकी रकम बेलौरी नगरपालिकाले व्यहोरेको हो। दमकल हाल कार्यालय पुगे पनि दर्ता प्रक्रिया पूरा नभएकाले औपचारिक सञ्चालनमा केही समय लाग्ने बताइएको छ।

Attariya Hospital

पाण्डेयका अनुसार आवश्यक परेमा दर्ता प्रक्रिया पूरा नहुँदै पनि आपतकालीन अवस्थामा दमकल प्रयोग गरिनेछ। तत्काल सेवा सञ्चालनका लागि लालझाडीले दुई जना तालिमप्राप्त जनशक्ति उपलब्ध गराउनेछ भने बेलौरीले थप सात जनालाई तालिम दिने तयारी गरेको छ।

nawajiwan

यसअघि बेलौरी नगरपालिकाले २७ लाख ७३ हजार ३०० रुपैयाँ मूल्यको शव वाहन पनि भित्र्याइसकेको छ। पहिले आगलागी नियन्त्रणका लागि पुनर्वास नगरपालिकाको सहयोग लिनुपर्ने अवस्था रहे पनि अब आफ्नै दमकल र शव वाहन सेवा सञ्चालनसँगै विपद् व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।