काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी-काठमाडौँ सम्पर्क विभागको बैठक बस्ने

Image
Nisarga Hospital
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैतडी-काठमाडौँ सम्पर्क विभागको बैठक आगामी जेठ २ गते शनिबार काठमाडौँको कीर्तिपुरमा बस्ने भएको छ।
CP Hospital Dhangadhi
विभागका सचिव उद्धव सिंह कार्कीद्वारा जारी सूचना अनुसार कीर्तिपुरको पाँगा दोबाटोमा दिउँसो २:०० बजे बैठक आह्वान गरिएको हो। बैतडीबाट आई काठमाडौँमा बसोबास गरिरहेका पार्टीका शुभेच्छुक तथा सदस्यहरूलाई बैठकमा आमन्त्रण गरिएको छ।
nawajiwan
बैठकमा मुख्य गरी तीनवटा एजेन्डाहरूमा छलफल हुने जनाइएको छ:
Attariya Hospital
  • सम्पर्क विभागलाई पूर्णता दिने सम्बन्धमा छलफल
  • पार्टीको आसन्न अधिवेशन सम्बन्धी तयारी तथा छलफल
  • बैतडी जिल्लाका विद्यमान समस्याहरू र तिनको समाधानका उपायहरूबारे बृहत् छलफल
विभागले संगठन सुदृढीकरण तथा समसामयिक विषयमा केन्द्रित रहने यस बैठकमा सम्पूर्ण सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ।