प्रधानमन्त्री कार्यालयको निर्देशनपछि वडा सचिव धम्की प्रकरणमा छानबिन तीव्र

Image
Nisarga Hospital

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने घटनामा संलग्न व्यक्तिमाथि तत्काल कारबाही गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएको आरोपमा प्रकाश खड्कामाथि अनुसन्धान गर्न सुरक्षा तथा सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।

CP Hospital Dhangadhi

प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै घटना गम्भीर प्रकृतिको भएको उल्लेख गरेका छन्। सचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारको ध्यानाकर्षण भएको हो।

Attariya Hospital

विज्ञप्तिमा कर्मचारीको मनोबल उच्च राख्नु र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख छ। साथै सुशासन, विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको पनि बताइएको छ।

nawajiwan