शिवकृपा प्राप्तिको पावन दिन : सोमबार व्रतको धार्मिक महत्व

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान शिवको विशेष आराधनाको दिन मानिन्छ। देवका पनि देव महादेव शिवको कृपा प्राप्तिका लागि श्रद्धालु भक्तजनले यस दिन व्रत बसी पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।

CP Hospital Dhangadhi

सोमबारको व्रत सूर्य उदयसँगै प्रारम्भ भई सूर्यास्तपछि सम्पन्न हुने धार्मिक विश्वास छ। दिनभर शिवलिङ्गमा जल, दूध तथा बेलपत्र अर्पण गरी भगवान शिव र माता पार्वतीको पूजा गरिन्छ। कुनै पनि शुभ कार्य वा पूजाआजाअघि विघ्नहर्ता भगवान गणेशको पूजा अनिवार्य मानिन्छ।

Attariya Hospital

धार्मिक मान्यताअनुसार सोमबारको व्रतले मनोकामना पूरा हुनुका साथै सुख, शान्ति र ज्ञान प्राप्त हुने विश्वास छ। विशेषगरी अविवाहित महिलाले योग्य वर प्राप्तिको कामनासहित यो व्रत बस्ने चलन आज पनि समाजमा प्रचलित रहेको छ।

nawajiwan