राम समझ स्मृति कप फुटबल सुरु: कैलारीमा १६ टिम भिड्दै, मुख्यमन्त्रीद्वारा उद्घाटन

Image
Nisarga Hospital
“खेलकुद हाम्रो पहिचान, स्वस्थ जीवन हाम्रो अभियान” भन्ने नाराका साथ कैलारीमा ‘स्व. राम समझ चौधरी प्रथम स्मृति कप फुटबल प्रतियोगिता–२०८३’ सुरु भएको छ। राम समझ स्मृति विकास मञ्चको आयोजनामा कैलारी गाउँपालिका–३ भर्रीमा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नुभयो।
CP Hospital Dhangadhi
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले स्व. चौधरीले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिकाको स्मरण गर्नुभयो। उहाँले मञ्चको विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
वि.सं. २०२१ मा जन्मनुभएका स्व. राम समझ चौधरी विद्यार्थी जीवनदेखि नै राजनीति र समाजसेवामा सक्रिय हुनुहुन्थ्यो। वि.सं. २०३४ देखि राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले नेविसंघ र तरुण दलको केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसको महासमिति सदस्य लगायतका महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो।
nawajiwan
Attariya Hospital
जेठ १४ गतेसम्म चल्ने प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ। मञ्चका अध्यक्ष रेनु चौधरीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य, नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, उपाध्यक्ष खेम चौधरी, सचिव निर्प सुनार र कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरी लगायतको उपस्थिति थियो।