सिगासमा रास्वपाको नयाँ नेतृत्व चयन, सभापतिमा पुनः सूर्यबहादुर बोहरा

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिगास गाउँपालिकाको पालिका अधिवेशन शनिबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। गाउँपालिकाको सभाहल गर्जेमा सम्पन्न अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको छ। कार्यक्रममा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

अधिवेशनमा सहभागीहरूले रास्वपाले अघि सारेका सुशासन, पारदर्शिता, उत्तरदायित्व र जनमुखी राजनीतिक अभ्यासलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। साथै, गाउँपालिकाको विकास र जनअपेक्षा पूरा गर्न नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरिएको थियो।

अधिवेशनबाट सभापतिमा सूर्य बहादुर बोहरा (सिगास–८) पुनः चयन हुनुभएको छ। उप–सभापतिमा विष्णु सिंह साउद (सिगास–४), सचिवमा मिलन चन्द (सिगास–९), सह–सचिवमा प्रेम सिंह साउद (सिगास–६) तथा कोषाध्यक्षमा देवकी धामी (सिगास–३) चयन हुनुभएको छ।

nawajiwan
Attariya Hospital

त्यसैगरी सदस्यहरूमा राम बि.क., भरत राज अवस्थी र प्रताप सिंह धामी चयन भएका छन्। विभिन्न विभागीय जिम्मेवारी पनि तोकिएको छ। नवनिर्वाचित नेतृत्वले इमान्दारिता, सक्रियता र जनमुखी काम गर्ने प्रतिबद्धता जनाएको छ।

वक्ताहरूले स्थानीय तहमा राजनीतिक संस्कार, युवाको सहभागिता र समावेशी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै यस अधिवेशनले सिगासमा नयाँ राजनीतिक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।