पश्चिमी वायुको प्रभाव : देशभर बदली, कतिपय क्षेत्रमा वर्षा र तातो लहरको चेतावनी

Image
Nisarga Hospital

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले देशभर सामान्यदेखि आंशिक बदलीको अवस्था रहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई भूभागमा मुख्यतया मौसम सफा रहने अनुमान छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा र तराईका केही ठाउँमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

Attariya Hospital

त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनीका पहाडी क्षेत्रमा तातो दिन र तराईमा तातो लहर (लु) चल्ने सम्भावना रहेको छ।

nawajiwan

आज राति पनि कोशीसहित विभिन्न प्रदेशका हिमाली क्षेत्रमा बदली र केही स्थानमा वर्षाको सम्भावना रहनेछ। कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया र डोटीमा तातो लहरको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।