स्वास्थ्य बीमा संकटमा: निजी अस्पतालमा सेवा कटौती, आकस्मिक सेवा मात्र जारी

Image
Nisarga Hospital

सरकारले निजी अस्पतालमा प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको निष्कर्षसहित स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेक सबै बीमा सेवा निजी स्वास्थ्य संस्थामा स्थगित गर्ने निर्णय गरेको हो।

CP Hospital Dhangadhi

बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी अस्पताल तथा मेडिकल कलेजमार्फत दिइँदै आएका ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा नियमित बीमा सेवा बन्द हुनेछन्। यो निर्णय जेठ ११ गते बसेको बोर्ड बैठकले गरेको हो।

यससँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सयौँ निजी अस्पतालबाट सेवा लिइरहेका बीमित नागरिक प्रभावित हुने भएका छन्। यद्यपि आकस्मिक स्वास्थ्य सेवा भने निरन्तर सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ।

nawajiwan
Attariya Hospital

सरकारले सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले आर्थिक संकट, बक्यौता भुक्तानीको दबाब र प्रशासनिक कमजोरीका कारण संकटमा परेको छ। बोर्डका अनुसार सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ।

लामो समयदेखि भुक्तानी नपाएको भन्दै निजी अस्पतालहरूले असन्तुष्टि जनाउँदै आएका थिए। अब बोर्डको निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रमको दायरा थप संकुचित भएको देखिएको छ।