आजको मौसमः देशभर मौसम बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना

Image
Nisarga Hospital

पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय वायु प्रणाली तथा नेपाल नजिक सक्रिय न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम प्रभावित बनेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका केही क्षेत्रमा आंशिक बदली देखिएको छ।

CP Hospital Dhangadhi

लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा जारी छ। मौसम पूर्वानुमान अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

त्यसैगरी मधेश प्रदेशसहित तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेका छन्। मौसम विभागले अद्यावधिक सूचनामा निरन्तर ध्यान दिन अनुरोध गरेको छ।

nawajiwan