नयाँ बजेट आए सँगै सार्वजनिक सवारीमा कर वृद्धि: सबै वर्गका सवारी सञ्चालन लागत महँगियो

Image
Nisarga Hospital

सरकारले व्यावसायिक तथा भाडामा प्रयोग हुने सार्वजनिक सवारी साधनहरूको वार्षिक आयकर दरमा वृद्धि गरेको छ। यातायात व्यवस्था कार्यालयमार्फत सवारी दर्ता तथा नवीकरण गर्दा तिर्नुपर्ने करमा नयाँ दर लागू भएपछि साना–ठूला सबै प्रकारका सवारी साधनको सञ्चालन लागत बढ्ने भएको छ।

CP Hospital Dhangadhi

नयाँ व्यवस्थाअनुसार सवारीको वर्गीकरण र इन्जिन क्षमताका आधारमा वार्षिक कर १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म बढाइएको छ। यसअनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रोबसको कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै ४००० सीसीभन्दा माथिका ठूला सवारी साधनले अब वार्षिक ११ हजार रुपैयाँ कर तिर्नुपर्नेछ। मिनी ट्रक र मिनी बसको कर ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने ठूला ट्रक र बसका लागि १२ हजार ५ सय रुपैयाँ तोकिएको छ।

nawajiwan
Attariya Hospital

हेभी मेसिनरी उपकरण, तेल ट्यांकर र ग्यास बुलेटको कर सबैभन्दा बढी १७ हजार ५ सय रुपैयाँ पुगेको छ। विद्युतीय सवारी साधनका लागि पनि क्षमताअनुसार ४ हजारदेखि ९ हजार ५ सय रुपैयाँसम्म कर निर्धारण गरिएको छ।

सरकारको यो निर्णयले यातायात क्षेत्रको सञ्चालन खर्च बढ्ने देखिए पनि राजस्व वृद्धि र कर प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्य लिइएको बताइएको छ।