काठमाडौंको जडिबुटीमा लुटपाटपछि गोली चल्यो: सुनको सिक्री लुटपाट आरोपित पक्राउ

Image
Nisarga Hospital

काठमाडौंको जडिबुटी क्षेत्रमा प्रहरीले गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार दिउँसो कारबाही गर्दै गणेश कार्की नामका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार कार्कीमाथि चपली क्षेत्रमा बसोबास गर्दै आएको र चप्पल कारखाना क्षेत्रमा एक महिलाको सुनको सिक्री लुटपाट गरेको आरोप छ। घटनापछि प्रहरी टोलीले खोजी गर्दै उनलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो।

Attariya Hospital

प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा अवस्था नियन्त्रणबाहिर जान सक्ने जोखिम देखिएपछि गोली चलाउनुपरेको जनाएको छ। गोली लागेर घाइते भएका कार्कीलाई तत्काल उद्धार गरी ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ।

nawajiwan

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लुटपाटमा संलग्न अन्य पक्षबारे पनि अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ।