
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को बहुप्रतिक्षित फाइनल खेल आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे अहमदाबादको मैदानमा सुरु हुनेछ।

साविक विजेता आरसीबी यस पटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकसहित शीर्ष स्थानमा रहँदै आरसीबी फाइनलमा पुगेको हो।

यता, गुजरात टाइटन्सले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। पहिलो क्वालिफायरमा पराजित भए पनि टोलीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि भिडन्तमा स्थान बनाएको छ।

दुवै टोली उच्च लयमा रहेकाले आजको फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आरसीबी लगातार उपाधि जित्ने योजनामा छ भने गुजरात टाइटन्स पहिलो क्वालिफायरको हारको बदला लिँदै इतिहास रच्ने लक्ष्यमा छ।
































