लगातार दोस्रो पटक आईपीएल च्याम्पियन बन्यो बेंगलुरु, विराटको अविजित ७५ रनले रच्यो इतिहास

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो पटक ट्रफी उचाल्दै नयाँ इतिहास रचेको हो।

CP Hospital Dhangadhi

गुजरातले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीको जितमा अनुभवी ब्याटर विराट कोहली नायक बने। उनले ४२ बलमा अविजित ७५ रनको शानदार इनिङ खेल्दै टोलीलाई सहज जित दिलाए। वेंकटेश अय्यरले ३२ रन तथा टिम डेविडले २४ रनको योगदान दिए। गुजरातका राशिद खानले २ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

Attariya Hospital

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। टोलीका लागि वासिङ्टन सुन्दरले अर्धशतकीय ५० रन बनाए। तर अन्य ब्याटरले अपेक्षित साथ दिन नसक्दा गुजरात मध्यम स्कोरमै सीमित रह्यो।

nawajiwan

बेंगलुरुको बलिङमा रसिक सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमार र जोस हेजलवुडले समान २–२ विकेट झार्दै गुजरातलाई दबाबमा राखेका थिए। यस जितसँगै आरसीबीले २०२५ को सफलता २०२६ मा पनि दोहोर्‍याउँदै लगातार दुई पटक आईपीएल उपाधि जित्ने गौरव हासिल गरेको छ।