देशभर मिश्रित मौसम प्रणाली सक्रिय, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल नेपालमा विभिन्न वायुप्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु प्रणाली तथा नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव सक्रिय रहँदा देशभर मौसम अस्थिर बनेको हो।

CP Hospital Dhangadhi

यसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली भएको छ। तराई क्षेत्रमा भने आंशिक बादल लागेको छ। हाल कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा तथा गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

महाशाखाका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भू-भागमा बादल लाग्ने सम्भावना उच्च छ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

nawajiwan

कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मौसम प्रभावित हुन सक्ने देखिएको छ। साथै कोशी र लुम्बिनीका तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।