शुक्रबारको व्रत र पूजा: लक्ष्मी कृपादेखि सुख–समृद्धिसम्मको धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूले शुक्रबार विशेष रूपमा माता लक्ष्मी, सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी तथा दुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार यस दिन श्रद्धापूर्वक व्रत बसेर विधिपूर्वक पूजा गरेमा धन, समृद्धि, सुख–शान्ति र पारिवारिक उन्नति प्राप्त हुने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

धर्मशास्त्रमा उल्लेख भएअनुसार शुक्रबारको व्रतले आर्थिक अवस्था सुदृढ बनाउन तथा जीवनमा सकारात्मक ऊर्जा वृद्धि गर्न सहयोग पुर्‍याउने मान्यता छ। व्रतका दिन फलाहारका रूपमा चना र सख्खर सेवन गर्न शुभ मानिन्छ भने अमिलो पदार्थ सेवन गर्न निषेध गरिएको छ।

Attariya Hospital

यस दिन सेतो वस्त्र धारण गर्नु, घरमा खीर पकाई गरिब तथा आवश्यकतामा परेकालाई वितरण गर्नु पनि पुण्यदायी कार्य मानिन्छ। सन्तोषी माताको व्रत बस्ने पुरुष तथा महिलाको मनोकामना पूरा हुने र परिवारमा सुख–शान्ति कायम रहने धार्मिक विश्वास छ।

nawajiwan

ज्योतिषशास्त्रअनुसार शुक्र ग्रहको प्रतिकूल प्रभाव कम गर्न शुक्रबार दान, पूजापाठ तथा व्रत गर्नु लाभदायी मानिन्छ। सेतो तथा सुगन्धित वस्तु, चिनी, चन्दन, कपुर लगायतका सामग्री दान गर्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।