धनगढीमा तेक्वान्दो राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न, अत्तरियाका ५ प्रशिक्षार्थी राष्ट्रिय रेफ्री बने

Image
Nisarga Hospital

नेपाल तेक्वान्दो संघको आयोजनामा जेठ १८ देखि २१ गतेसम्म धनगढी रंगशाला, कैलालीमा सम्पन्न राष्ट्रिय रेफ्री सेमिनार तथा रेफ्री रिफ्रेसर कोर्स सफलतापूर्वक सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

उक्त कार्यक्रममा अत्तरिया तेक्वान्दो डोजाङका ५ जना प्रशिक्षार्थीहरू राष्ट्रिय रेफ्री बन्न सफल भएका छन्। यो उपलब्धिले अत्तरिया तेक्वान्दो डोजाङसँगै सम्पूर्ण कैलाली जिल्लाको तेक्वान्दो क्षेत्रमा गौरव थपेको छ।

Attariya Hospital

सफल रेफ्रीहरूलाई बधाई तथा आगामी दिनमा अझ उच्च सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

nawajiwan

अत्तरिया तेक्वान्दो डोजाङका प्रमुख इन्द्र सिंहले भने, “यो उपलब्धि हाम्रो डोजाङका लागि मात्र होइन, सम्पूर्ण क्षेत्रको खेल विकासका लागि प्रेरणादायी क्षण हो।”