ट्रम्पको दाबी इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छः तनावबीच मध्यपूर्वमा बढ्दो टकराव

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै करिब ‘२१ देखि २२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन्। एनबीसी न्यूजको ‘मिट द प्रेस’ अन्तर्वार्तामा उनले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रूपमा नष्ट गरेको दाबी गरेका छन्। यो अनुमान मे महिनामा उनले दिएको १८ प्रतिशतभन्दा केही बढी हो।

CP Hospital Dhangadhi

यसैबीच इरानी सेनाले ओमानको खाडीमा रहेका दुई अमेरिकी युद्धक जहाजमा चेतावनीका लागि क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। कुवेतले दुई दिनअघि इरानबाट प्रहार भएका ३० ब्यालेस्टिक क्षेप्यास्त्र निस्क्रिय पारिएको जनाएको छ। ट्रम्पले इरानसँग सम्झौतामा पुग्नुबाहेक अर्को विकल्प नभएको बताएका छन्। उनले इरानसँग अझै हतियार रहेको र उनीहरू घमण्डी रहेको टिप्पणी गरेका छन्। तर अमेरिकी गुप्तचर निकायका रिपोर्टसँग ट्रम्पको दाबी मेल नखाएको देखिएको छ।

Attariya Hospital

न्यूयोर्क टाइम्स अनुसार इरानले स्ट्रेट अफ हर्मुज नजिक ३३ क्षेप्यास्त्र साइटमध्ये ३० मा पुनः नियन्त्रण स्थापित गरेको छ। प्रतिवेदनमा इरानसँग अझै युद्धपूर्वको तुलनामा ७० प्रतिशत क्षेप्यास्त्र भण्डार रहेको उल्लेख छ। मध्यपूर्वमा बढ्दो तनाव, क्षेप्यास्त्र हमलाका आरोप–प्रत्यारोप र कूटनीतिक वार्ता असफल भएपछि स्थिति अझ जटिल बन्दै गएको छ। विश्लेषकहरूका अनुसार ट्रम्पका दाबी र अमेरिकी गुप्तचर प्रतिवेदनबीचको विरोधाभासले इरान–अमेरिका सम्बन्धमा थप अनिश्चितता बढाएको छ।

nawajiwan

यसबीच दुवै पक्षले सैन्य गतिविधि बढाएपछि क्षेत्रीय युद्धको जोखिम उच्च बनेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। यसै क्रममा कूटनीतिक प्रयास असफल भएपछि दीर्घकालीन समाधान अझै टाढा देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र वार्तामार्फत समाधान खोज्न आग्रह गरिरहेको छ।