चिनियाँ राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण: भव्य स्वागत, उच्चस्तरीय वार्ता जारी

Image
Nisarga Hospital

चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन्। उनलाई उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जूले विमानस्थलमा भव्य स्वागत गरेका छन्। विमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो भने उत्तर कोरियाली सैनिकहरू लाइनबद्ध भएर सम्मान प्रकट गरेका थिए।

CP Hospital Dhangadhi
Attariya Hospital

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियोमा किम जोङ उन र उनकी पत्नी मुस्कुराउँदै र ताली बजाउँदै राष्ट्रपति सीलाई स्वागत गरेको देखिन्छ। यद्यपि, सी र उनको टोलीलाई सो भिडियोमा स्पष्ट रूपमा देखाइएको छैन।

अर्को चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, किम जोङ उन र राष्ट्रपति सीबीच हात मिलाएर भेटघाट भएको छ। साथै, उत्तर कोरियाली बालबालिकाले राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई पुष्पगुच्छा अर्पण गरेका छन्।

दुई देशका शीर्ष नेताबीच कुन विषयमा छलफल भइरहेको छ भन्नेबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। भ्रमणसँग सम्बन्धित थप जानकारी आउने क्रम जारी रहेको जनाइएको छ।