धनगढीमा युवतीमाथि सामूहिक ब!ला!त्कार, तीन जना प!क्राउ – दुई नाबालक

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबामा १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना नाबालक रहेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदिप चन्दसहित १६ र १७ वर्षीय किशोरहरू छन्। प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले घटना गत जेठ २१ गते राति स्थानीय खेतबारी क्षेत्रमा भएको बताए।

पीडितका आफन्तले जाहेरी दिएपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा टोली परिचालन गरी उनीहरूलाई आइतबार पक्राउ गरिएको हो।

nawajiwan
Attariya Hospital

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। पीडित युवतीको सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना पीडित युवतीका प्रेमी रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।