सुदूरपश्चिममा कांग्रेसको आन्तरिक सहमतिपछि मन्त्री टुंगो, सरकार विस्तारको तयारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। सो पक्षले मानबहादुर रावल, बेलबहादुर राना र जुना दानीलाई मन्त्री बनाउने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

मन्त्री छनोटको जिम्मेवारी सांसद दिवानसिंह विष्टलाई दिइएको भए पनि प्रदेशस्तरमा सहमति जुट्न नसकेपछि विषय केन्द्रमा पुगेको थियो। केन्द्रबाट भएको छलफलपछि अन्ततः तीन जनाको नाम सिफारिस गरिएको हो।

Attariya Hospital

सहमतिको आधारमा रावल र राना मन्त्री बन्ने भएका छन् भने जुना दानीलाई राज्यमन्त्रीको जिम्मेवारी दिने सहमति भएको छ। लामो समयदेखि चलिरहेको आन्तरिक असन्तुष्टि र शक्ति बाँडफाँटको विवादपछि अहिले नाम टुंगो लागेसँगै पार्टीभित्रको तनाव केही हदसम्म कम भएको देखिएको छ।

nawajiwan

नाम टुंगिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी तीव्र पारेका छन्। नयाँ मन्त्रीहरूको नियुक्तिपछि प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।