सुदूरपश्चिममा सत्ता समीकरणको चलखेल: कांग्रेसमा मन्त्री फेरबदल, ओलीको फोनले एमाले पछाडि हट्यो

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका चार मन्त्री फेर्ने विषयमा एमाले केन्द्रले हिजै मुख्यमन्त्री कमलबहादुर शाह र संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई जानकारी गराएको थियो।

CP Hospital Dhangadhi

पुराना तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री र एक राज्यमन्त्री पठाउने केन्द्रको निर्देशनअनुसार आज बिहान १० बजे दलको बैठक बोलाइएको थियो, तर बैठक निर्धारित समयमा बस्न सकेन। साँझ ४ बजे बसेको बैठकमा मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने विषयमा छलफल चलिरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका थिए।

Attariya Hospital

बैठकमा उपस्थित एक सांसदका अनुसार अध्यक्षले बजेटको संवेदनशील समयमा मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने भन्दै तत्काल सबै मन्त्रीलाई यथावत राख्न निर्देशन दिएका थिए। अहिले एमालेबाट भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था मन्त्री वीरबहादुर थापा र राज्यमन्त्री निर्मला साउँद कार्यरत छन्।

nawajiwan

यसअघि उनीहरूको सट्टा नयाँ नेताहरूलाई जिम्मेवारी दिने तयारी भए पनि अन्तिममा केन्द्रको हस्तक्षेपपछि पुरानै मन्त्रीले निरन्तरता पाउने भएका छन्। यसबीच केही कार्यकर्ताले असन्तुष्टि जनाउँदै नाराबाजीसमेत गरेका छन्।