
अत्तरियाः निजी सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै कैलालीका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघको अगुवाइमा आयोजित धर्नामा सहभागी पत्रकारहरूले उक्त निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष असर पार्ने बताएका छन्।

उनीहरूले स्वतन्त्र र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्दै सरकारलाई निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। पत्रकारहरूले लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

































