नागरिकका गुनासा सुन्दै जनप्रतिनिधि: लालझाडीमा जनतासंग जनप्रतिनिधि कार्यक्रम

Image
Nisarga Hospital

कञ्चनपुर: “समृद्ध गाउँ, सुखी जनता: जनप्रतिनिधिसंग हातेमालो, विकासको नयाँ यात्रा” भन्ने ट्यागलाईनका साथ लालझाडीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम, लालझाडी गाउँपालिका ४ र ५ मा सम्पन्न गरिएको छ। अन्य वडामा समेत सञ्चालन हुनेछ भने गत सोमबार लालझाडी ४ र मंगलबार लालझाडी ५ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

CP Hospital Dhangadhi

लालझाडी गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय शंकरपुर, कञ्चनपुरको आयोजना र बेलौरी अनलाईन खबर प्रा.लि को सहजीकरण मा जनता संग जनप्रतिनिधि कार्यक्रम सञ्चालित छ।

nawajiwan
Attariya Hospital

कार्यक्रममा लालझाडीका जनताका प्रश्नमा लालझाडी गाउँपालिका का अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा का अध्यक्ष, सदस्यहरु आमनेसामने भई जवाफ दिईरहेका छन्।

गाउँपालिकाले गरेका विकास, निर्माण र गर्न नसकेका विषयमा जनताका सुझाव संकलन गर्ने उक्त कार्यक्रम मुख्य उदेश्य रहेको र संगै नागरिक सहभागीता तथा सार्वजनिक जवाफदेहिता लालझाडीको उदेश्य रहेको गाउँपालिकाले जनाएको छ। कार्यक्रमको सञ्चालन भने पत्रकार हरिश चन्द्र बागले गरेका थिए। उक्त कार्यक्रमलाई जनताले सकारात्मक रुपमा हेरेका छन्।