देउडासहित सडकमा उत्रिए स्थानीय, गेटा आँखा अस्पतालको बेथितिविरुद्ध आन्दोलन चर्कियो

Image
Nisarga Hospital

कैलालीस्थित गेटा आँखा अस्पतालमा देखिएको भनिएको बेथिति, अव्यवस्था र व्यवस्थापकीय कमजोरीविरुद्ध जारी आन्दोलन थप सशक्त बन्दै गएको छ। आन्दोलनका क्रममा बिहीबार स्थानीयवासी तथा सरोकारवालाले अस्पताल अगाडि देउडा खेलेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्।

CP Hospital Dhangadhi

जेठ १९ गतेदेखि अस्पतालका कर्मचारी र स्थानीयको अगुवाइमा सुरु भएको आन्दोलनअन्तर्गत प्रदर्शनकारीहरूले नाराबाजी गर्दै देउडा खेलमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। आन्दोलनकारीहरूले अस्पतालमा देखिएका समस्याको समाधान, पारदर्शी व्यवस्थापन र सेवामा सुधारको माग गरेका छन्।

Attariya Hospital

सङ्घर्ष समितिका संयोजक गणेशराज विष्टले अस्पतालको बेथिति अन्त्य नभएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिए। उनले सम्बन्धित निकायले मागप्रति गम्भीर ध्यान नदिए आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने बताए।

nawajiwan

गेटा आँखा अस्पतालको व्यवस्थापन सुधार र सेवा प्रभावकारी बनाउन दबाब दिन स्थानीयले विभिन्न चरणका आन्दोलन जारी राखेका छन्।