विश्वकपमा ब्राजिलको सुरुआतमै झट्का, मोरक्कोसँग १–१ को बराबरी

Image
Nisarga Hospital

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले विजयी सुरुआत गर्न सकेन। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा अफ्रिकी शक्ति मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिँदै दुवै टोलीले अंक बाँडे।

CP Hospital Dhangadhi

खेलको २१औँ मिनेटमा मोरक्कोका साइबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सुरुदेखि नै आक्रामक देखिएको मोरक्कोले ब्राजिलमाथि दबाब कायम राखे पनि त्यो अग्रता लामो समय टिक्न सकेन।

ब्राजिलका स्टार फरवार्ड विनिसियस जुनियरले ३२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमै सकियो।

nawajiwan
Attariya Hospital

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको खेल दोस्रो हाफमा भने केही सुस्त देखिएको थियो। बराबरीसँगै दुवै टोलीले एक–एक अंक जोडेका छन्।

समूह ‘सी’ मा ब्राजिल र मोरक्कोसँगै स्कटल्यान्ड र हाइटी पनि रहेका छन्। उपाधि दाबेदार ब्राजिलले सुखद सुरुआत गर्ने अपेक्षा गरिए पनि बलियो मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण अंक खोस्न सफल भयो।