अत्तरिया जेसीजद्वारा रक्तदान कार्यक्रमको आयोजना

Image
Nisarga Hospital

अत्तरिया : “एक पटक रक्तदान, धेरै जीवन संरक्षण” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै अत्तरिया जेसीजले आईतबार अत्तरिया क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। मानव जीवन बचाउन तथा रगतको अभाव न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रम आज बिहान ७ बजेदेखि सुरु भई १० बजेसम्म सञ्चालन हुनेछ ।

CP Hospital Dhangadhi

युवा व्यवसायी तथा समाजसेवी ज्ञानेन्द्र खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका युवा, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको छ। कार्यक्रममा सहभागीहरूले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै नियमित रक्तदानको संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन।

कार्यक्रमलाई सफल बनाउन अत्तरिया स्थित सिटी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग प्रदान गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको छ। आयोजकका अनुसार रक्तदानबाट संकलित रगत विभिन्न अस्पताल तथा उपचाररत बिरामीहरूको आवश्यकताअनुसार प्रयोग गरिनेछ।

nawajiwan
Attariya Hospital

अत्तरिया जेसीजले यस्ता सामाजिक तथा मानवीय कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनस्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

रक्तदान कार्यक्रमले रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई सहयोग पुग्नुका साथै समाजमा मानव सेवाप्रतिको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।