टेम्पो दुर्घटना प्रकरण : वन कर्मचारी आन्दोलित, रिहाइको अल्टिमेटमसहित सेवा ठप्पको चेतावनी

Image
Nisarga Hospital

कैलालीको गोदावरी–४ गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसेको घटनापछि पक्राउ परेका वन कर्मचारीहरूको रिहाइको माग गर्दै डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

CP Hospital Dhangadhi

कर्मचारीहरूले वन अतिक्रमण नियन्त्रण अभियानका क्रममा भएको दुर्घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरी वरिष्ठ डिभिजनल वन अधिकृतसहित १२ जना कर्मचारीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले घटनाको समाधान क्षतिपूर्ति र संवादमार्फत गर्नुपर्ने माग गर्दै पक्राउ परेकालाई तत्काल निःसर्त रिहा गर्न आग्रह गरेका छन्।

Attariya Hospital

कर्मचारीहरूले सहकर्मी रिहा नभए वन कार्यालयका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन्। घटनाले स्थानीय प्रशासन र वन कर्मचारीबीच तनाव बढाएको छ भने समाधानका लागि वार्ता आवश्यक देखिएको छ।

nawajiwan