
अत्तरिया: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम महाधिवेशनबाट इन्जिनियर प्रकाश विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

धनगढीस्थित रिद्विसिद्वि पार्टी प्यालेसमा सम्पन्न मतगणनाअनुसार विष्टले ३५८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत प्राप्त गरेका छन्।

प्रदेश सभापति पदका लागि विष्ट र धामीबीच प्रतिस्पर्धा भएको थियो। विष्टले स्पष्ट मतान्तरसहित विजय हासिल गरेका हुन्।

रास्वपाको प्रथम सुदूरपश्चिम प्रदेश महाधिवेशनअन्तर्गत अन्य पदहरूको मतगणना पनि जारी रहेको निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमार्फत प्रदेश कार्यसमितिको नयाँ नेतृत्व चयन भइरहेको छ।
































