दुर्घटना न्यूनीकरणका लागि नवजीवन अस्पतालद्वारा ट्राफिक व्यवस्थापनमा सहयोग

Image
Nisarga Hospital

अत्तरियाः सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नवजीवन अस्पताल प्रा.लि. ले २३ वटा ट्राफिक कोण (Traffic Cone) हस्तान्तरण गरेको छ।

CP Hospital Dhangadhi

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय, अत्तरिया ले आयोजना गरेको “सुदूरपश्चिम प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी” कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक चक्र खडायत ले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

खडायतले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि नवजीवन अस्पताल निरन्तर सहकार्यमा रहने बताए।

nawajiwan
Attariya Hospital

यसअघि पनि नवजीवन अस्पतालले ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले १५० वटा ट्राफिक कोण हस्तान्तरण गरेको थियो। अस्पतालले सडक दुर्घटना नियन्त्रण तथा जनचेतनामूलक अभियानमा आगामी दिनमा समेत साथ दिने प्रतिबद्धता जनाएको छ।

सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा सरकारी निकायसँग निजी क्षेत्रको सहकार्यलाई सकारात्मक पहलका रूपमा हेरिएको छ।